नेप्से साढे तीन महिनायताकै उच्च विन्दुमा

काठमाडौं, ३१ जेठ । शेयर बजार परिसूचक नेप्से बुधबार पनि दोहोरो अंकले बढेको छ । दिनभर तीव्र उतारचढावका बीच अन्तिम समयमा सेयर बजार दोहोरो अंकले वृद्धि भएर बन्द भएको हो ।
साताको चौथो कारोबार दिन आज सुरुवातबाट नै लगातार बढेको नेप्सेमा अन्तिम समयतिर उतारचढाव देखिएको थियो । यद्यपि अन्त्यमा १६.४२ अंकले बढेर नेप्से २०३७.०६ अंकमा पुगेको छ ।
नेप्से साढे तीन महिनायताकै उच्च बिन्दुमा पुगेको हो । गएको १० फागुनमा २०८०.३८ अंकमा बन्द भएको नेप्से त्यसपछि घट्न थालेको थियो ।
पछिल्ला ७ कारोबार दिनमा नेप्से लगातार वृद्धि हुँदा १३५ अंकभन्दा बढीले उकालो लागेको छ ।

