नेपाली राष्ट्रिय फुटबलर सावित्रा यूरोपियन लिगमा

काठमाडौं, ३० जेठ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ले युरोपेली क्लबबाट खेल्ने भएकी छन् । सावित्रालाई इजरायलको क्लब हापोएल रानानाले अनुबन्ध गरेको हो।

क्लबले मंगलबार सामाजिक सञ्जालमार्फत सावित्रासँग सम्झौता भएको जनाएको छ । इजरायल एसियामा पर्ने भए पनि युरोपेली महादेशको फुटबल महासंघमा आबद्ध रहेको छ ।

घरेलु फुटबलमा विभागीय टोली एपीएफबाट खेल्ने सावित्राले भारतीय महिला लिगमा दुई फरक क्लबबाट खेल्दै तीन उपाधि जितिसकेकी छन् ।

केही साताअघिमात्र उनी भारतीय महिला लिगमा गोकुलम केरलाबाट खेल्दै उपाधि जितेकी थिइन् जसमा २९ गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड जित्न समेत सफल भइन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...