जिउँदो भएर पौडिने कि मरेर बग्दै हराउने कित्ता क्लियर गरौं- बाबुराम

काठमाडौं, २९ जेठ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले जिउँदो माछा बनेर हरेक प्रतिकुल छालको प्रतिरोध गर्दै अगाडी बढ्ने कि  मरेको माछा बनेर बग्दै जाने अब क्लियर हुने बेला आएको बताएका छन् ।

आफ्नो सामाजिक संजाल ट्विटरमा लेख्दै डा.भट्टराईले भनेका छन-‘परिवर्तनकारी शक्तिहरु हरेक अवरोध छलेर अगाडी बढ्छन तर यथास्थितिवादी र प्रतिक्रान्तिकारीहरु परिस्थितिको दास बनेर बस्छन्।’

यस्तै आसय सहित भट्टराईले अहिलेको राजनीति संगै राजनीतिक दल र तिनको नेताको कटाक्ष पनि गरेका छन् । उनले त्यसैमा भनेका छन्-‘विवेकको प्रयोग गरौं, आ-आफ्नो कित्ता क्लियर गरौ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय