सुदूरपश्चिममा फेरि भुकम्प

काठमाडौं, २९ जेठ । सुदूरपश्चिममा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा बाजुरा केन्द्र भएर भूकम्प गएको हो ।
बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको जनाइएको छ । भूकम्पबाट क्षति भने भएको छैन ।
बाजुरा लगायत सुदूरपश्चिमका जिल्लामा पछिल्लो समय पटकपटक भूकम्प गइरहेको छ ।

