प्रचण्ड-बाबुराम विरुद्ध सर्वोच्चमा मुद्दा दर्ता
मंगलवार पेसी
काठमाडौं, २८ जेठ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पुर्व माओवादी नेता डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै सर्बोच्चमा रिट निवेदन दर्ता भएको छ।
उक्त रिटमा सर्वोच्च अदालतले मंगलवारलाई पेसी तोकेको छ ।आफुलाई सशस्त्र युद्धका बालसेना भन्दै आएका लेनिन विष्टले प्रचण्ड-बाबुराम विरुद्ध रिट निवेदन दर्ता गराएका हुन् ।
आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै प्रचण्ड र बाबुरामलााई विपक्षी बनाएर रिट दिएको अदालत स्रोतले जनाएको छ।

