प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ जेठ । सर्वोच्च अदालतले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बालसेना प्रयोग सम्बन्धी मुद्दा दर्ता गर्न आदेश दिएको छ।

पूर्वबाल सेनासमेत रहेका लेनिन विष्टले जनयुद्धका क्रममा बालसेना प्रयोग अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीतको कार्य भन्दै रिट हालेका थिए । उक्त रिटलाई यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो ।

उक्त मुद्दा शुक्रबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले दर्ता गर्न आदेश दिएको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय