जिसस स्याङ्जाको गाडी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

स्याङ्जा, २५ जेठ । जिल्ला समन्वय समिति स्याङ्जाको स्कार्पियो गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परी चालकको मृत्यु भएको छ भने तीनजना घाइते छन् ।

स्याङ्जाको सिरुवारीबाट सदरमुकामतर्फ फर्कंदै गरेको बा १ झ ५८७८ नम्बरको गाडी अर्जुनचौपारी गाउँपालिका-३ खोले भन्ने स्थानमा सडकबाट तल खसेर दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा चालक स्याङ्जाको वालिङ-४ एलादीका ३५ वर्षीय अमृत खनाल रहेका छन् ।

त्यसैगरी जिल्ला समन्वय अधिकारी राजेन्द्र पौडेल, विद्युत् कार्यालय स्याङ्जाका सुपरभाइजर टीकाराम पौडेल र अम्बिका पौडेल घाइते भएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय