बोलेरोसँग मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु

चितवन, २३ जेठ । चितवनको भरतपुरमा भएको सवारी दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । सोमबार दिउँसो भरतपुर महानगरपालिका–१५ जानकी चोकमा बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।
ना ३ च ११९ नम्बरको बोलेरोले बा ८५ प ३६२७ नम्बरको मोटरसाइकल ठक्कर दिँदा चालक स्थानीय ५० वर्षीय वीरेन्द्र राउतको ज्यान गएको रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते राउतको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार ४१ वर्षीय राजकुमार नेपाली घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

