यौन दुर्व्यवहारका आरोपी मदन राई धरौटीमा रिहा

काठमाडौं, २३ जेठ । यौन दुर्व्यवहारको आरोपमा मुद्दा दायर भएका मदन राई ४ लाख धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालतमा खोटाङले थुनछेक बहसपछि धरौटीमा रिहा गरेको हो । कृषि विज्ञका रुपमा परिचित मदन राईविरुद्ध यौन दुर्व्यवहारको अभियोगमा जिल्ला अदालत खोटाङमा मुद्दा दायर भएको थियो।
राईले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क) (ग) (ङ) अन्तर्गतको कसुर गरेको आरोप छ। दोषि वा निर्दोष भन्ने टुंगो फैसलामा मात्रै हुनेछ। राईलाई वैशाख २९ गते जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
राईले सञ्चालन गरेको शुभद्रा मदन फाउण्डेसनमै अध्ययन गरेकी बालिकाले उनीविरुद्ध बालयौन दुरुपयोगको कसुरमा जाहेरी दिएकी थिइन् ।

