गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

पोखरा, २१ जेठ । गण्डकी प्रदेश सरकारले गाँजा खेतीको संभाव्यता अध्ययन गर्ने सहित कृषि र पर्यटनलाई जोड दिँदै आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आइतबार प्रस्तुत गरेको छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभाको बैठकबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेशभित्र गाँजा खेतीको संभाव्यता अध्ययन र कृषि तथा पर्यटनमा समेत विशेष जोड दिईएको निति तथा कार्यक्रममा यातायात व्यवस्था कार्यालयका सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने कुरा समेत उल्लेख छ।

खानेपानीमा नागरिकको पहुँच सहज बनाउन लिफ्टिङ प्रणालीबाट उपलब्ध गराउने साथै यसबाट लाग्ने विद्युत महशुलमा अनुदान दिने पनि निति तथा कार्यक्रममा उल्लेख छ।

पाईलट प्रोजेक्ट संचालन र उत्पादनमा आधारित अनुदान तथा बाली बिमा लगाएत कुरा पनि निती तथा कार्यक्रममा समेटिएको छ।

पूर्णपाठ हेर्नुहोस्:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय