भारतमा भयानक रेल दुर्घटना, २०० बढीको मृत्यु, ९०० बढी घाइते

काठमाडौं, २० जेठ । भारतको उडिसामा गएराति भएको भयानक रेल दुर्घटनामा ठुलो संख्यामा हताहती भएको छ ।

यात्रुवाहक रेल र मालबाहक रेल ठोक्किँदा कम्तिमा २०० जनाको ज्यान गएको छ भने ९०० जनाभन्दा बढी घाइते भएको भारतीय संचारमाध्यमले जनाएका छन् । मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ ।

यो दुर्घटना या शताब्दीकै सबैभन्दा दुखद दुर्घटना भएको अधिकारीहरुले बताएका छन् ।

घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मुलगायतले दुख व्यक्त गरेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय