देउवा पुत्र जयवीरको विवाहको तयारी

काठमाडौं।नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र श्रीमती आरजु राणा देउवाका एक मात्र सन्तान छोरा जयवीरसिंह देउवाको बिवाह तयारी थालिएको छ।

बिबाहको पुर्व तयारी गर्दै देउवा पुत्र जयवीरले प्रेमिका शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका छन् । समारोहमा दुवै पक्षका परिवार र आफन्त उपस्थित भएर इन्गेजमेन्ट गरेका हुन् । सो अवसरमा देउवा र पत्नी आरजु राणा सहभागी थिए । दुवै परिवारले जयवीर र शिवानालाई टीकामाला लगाइदिंदै आशिर्वाद दिएका छन् ।
जेठ पहिलो साता उनीहरुले औंठी साटासाट गरे पनि पारिवारिक जमघटमा समारोह भएको थिएन । जयवीर र शिवाना लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।
आगामी भदौमा उनीहरुले विवाह गर्ने तयारी रहेको जनाइएको छ ।जयवीरले आफ्नै व्यवसाय चलाइरहेका छन् भने शिवानीले अनलाइनमार्फत सौन्दर्य प्रशासनको व्यवसाय गर्छिन् ।उनी कभर गायिका समेत हुन् । उनले आफ्नै युट्युब च्यानलमार्फत गीतहरु सार्वजनिक गरिरहेकी छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय