अत्याधिक गर्मी बढेपछि भरतपुरका स्कुल एक साता बिदा

चितवन, १९ जेठ । केही दिनदेखि देशैभर बढ्दो तापक्रम र बढ्दो गर्मीका कारण विभिन्‍न स्थानका स्थानीय तहले स्कुल बिदाको निर्णय गरेका छन् । चितवनको भरतपुर महानगरले पनि एक साता बिदाको निर्णय गरेको छ ।

अत्याधिक गर्मी भएको र यसले जनजीवन लगायत विद्यार्थीहरुको पठनपाठनमा पनि असर गरेको भन्दै आगामी आइतबारदेखि शुक्रबारसम्म बिदा दिइने भएको हो ।

यसअघि तराइका विभिन्‍न जिल्लाहरुमा बिदा दिने निर्णयहरु हुँदै आएका थिए । चितवनका अन्य स्थानीय तहमा पनि बिदा दिइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय