सौन्दर्यकर्मी चिनु गुरुङ्ग उत्कृष्ट महिला उद्यमीवाट सम्मानित

पोखरा, १६ जेठ । वरिष्ठ सौन्दर्य व्यवसायी चिनु गुरुङलाई गण्डकी प्रदेशवाट महिला उद्यमशितलामा अतुलनिय योगदान पुर्‍याएको भन्दै नेपाल सरकारले सम्मान गरेको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘पाचौँ राष्ट्रिय महिला अधिकार दिवस’को अवसरमा गण्डकी प्रदेशबाट सौन्दर्य व्यवसायी चिनु गुरुङ पुरस्कृत भएकी हुन् ।  उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत सम्मान गरिएको हो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सातै प्रदेशका अगुवा महिला उद्यमीलाई काठ्माण्डौमा पुरस्कृत गरेको थियो । रोजगारी सृजना, स्वरोजगार अभियान्ता, महिला उद्यमशिलता र आर्थिक समृद्धिमा अतुलनिय योगदान पुर्‍याएको भन्दै सम्मान गरेको हो । पुरस्कारको राशी नगद रु १ लाख रुपैयाँ रहेको छ ।

महिलाहरु पनि आत्मनिर्भर हुनु पर्छ भन्दै २०५२ सालदेखी सौन्दर्यकर्मको संघर्षमा निस्केकी चिनुले आजका मिती सम्ममा तीन हजार भन्दा वढी गृहिणी तथा युवायुवतीहरुलाई आवस्यकता अनुसार निशुल्क र सशुल्क तालिम दिई सकेकी छन् ।

सौन्दर्यको वजारमा एक हजार भन्दा वढी त अहिले उनैको तालिम मार्फत् प्रेरणा पाएर स्वरोजगार भएका छन् । जसमा ७ हजार भन्दा वढीले स्वदेश तथा बिदेशमा रोजगार पाएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय