आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट आज सार्वजनिक हुँदै छ । अपरान्ह ४ बजे राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा बजेट सार्वजनिक हुने छ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारक नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो । अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने छन् ।

जेठको १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था अनुरुप आज बजेट सार्वजनिक हुन लागेको हो । यस बजेट चालु आर्थिक वर्षको बजेटभन्दा बढेर नआउने जनाइएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय