बजेटको अघिल्लो दिन नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं, १४ जेठ । आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक हुनुभन्दा अघिल्लो दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ ।
यसअघि लगातार ७ कारोबार दिनसम्म नेप्से बढेकोमा आइतबार भने दोहारो अंकको गिरावट भएको हो । नेप्से १७.३८ अंकले घटेर १९४१.७४ अंकको विन्दुमा बन्द भएको छ ।
उत्पादनमूलक र म्युचुअल फण्ड उपसूचकमा वृद्धि भएपनि अरु सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको छ ।
सोमबार संघीय सरकारको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदै छ ।

