लेक लागेर मकालु बेस क्याम्पमा एकको मृत्यु

संखुवासभा, १३ जेठ । संखुवासभाको मकालु हिमाल आधार शिविर मकालु बेसक्याम्पमा लेक लागेर एकजनाको मृत्यु भएको छ ।
शुक्रबार मकालु गाउँपालिका–२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर मृत्यु भएको हो।
विदेशी टोलीको सामान बोक्ने भरियाका रुपमा काम गर्दै आएका विष्ट पाँच दिनअघि घरबाट हिँडेका थिए । बेसक्याम्प जाँदै गर्दा उनी बिरामी परेका थिए ।
उनको शव मकालु बेस क्याम्पबाट हेलिकप्टरमार्फत सेदुवा ल्याउने तयारी भइरहेको छ ।

