निरा हत्याकाण्डका अभियुक्त कारागार चलान

काठमाडौं, १२ जेठ । काठमाडौं-६ सरस्वतीनगरमा गत बैशाख ७ गते भएको निरा पान्डे हत्याकाण्डका अभियुक्त कारागार चलान भएका छन् ।
सरस्वतीनगरमा भाँडा पसल संचालन गर्दै आएकी पान्डेको आफ्नै पसलमा बीभत्स हत्या भएको थियो । हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका झापाका विनोद विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत, काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि शुक्रबार नै केन्द्रीय कारागार चलान गरिएको हो ।

