राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध मुद्दा चल्ने
काठमाडौ,९ जेठ। बैशाख १० मा चितवन २ बाट उपनिर्वाचन जितेर आएका सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध फेरि मुद्दा चल्ने भएको छ।
बैशाख २८ गते सर्बोच्च प्रशासनले दर्ता नगरेर दरपीठ गरेको रिट दर्ता गर्न मंगलबार सर्बोच्च अदालतको आदेश भएपछि अब र्वि विरुद्ध मुद्दा चल्ने भएको हो । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको छ।
बैशाख २५ मा दर्ताको लागि लिएर गएको आफ्नो निवेदन बैशाख २८ मा सर्वोच्च प्रशासनले दरपिठ गरिदिएपछि युवराज पौडेलले रिट पुनः दर्ताका लागि जेठ २ मा निवेदन दिएका थिए । उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठले रविविरुद्धको रिट दर्ता गरी अघि बढाउन आदेश दिएका हुन् ।

