मेलम्ची खानेपानी आयोजनालाई स्थायी बनाइने

 

काठमाडौं, ६ जेठ । सरकारले मेलम्ची खानेपानी आयोजनालाई वर्षभरि नै राजधानीमा आउने गरी आवश्यक काम गर्ने भएको छ ।

शुक्रबार सार्वजनिक गरिएको सरकारको नीति तथा कार्यक्रममा आगामी राजधानीको खानेपानी समस्याको दिगो समाधानका मेलम्ची आयोजनालाई स्थायी बनाउने उल्लेख गरिएको छ।

दोस्रो चरणको याङ्री र लार्के खोलाको पानी राजधानी ल्याउन पनि आगामी वर्ष काम सुरु गरिने प्रतिबद्धता सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

हाल हिउँदमा मात्र मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइएको छ। वर्षायाममा पानी बन्द हुने गरेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय