नक्कली भुटानी शरणार्थी प्रकरणका अर्का आरोपी कांग्रेसका पूर्वसांसद शेर्पाद्वारा आत्मसमर्पण
काठमाडौ,१ जेठ ।
नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका शेर्पाले सोमबार साँझ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आफैं आत्मसमर्पण गरेका हुन् ।
भुटानी शरणार्थीका नाममा ठगी गरेको आरोपमा अदालतबाट उनीविरुद्ध पनि प्रहरीले वैशाख ३१ गते शुक्रबार पक्राउ पुर्जी जारी गरेको थियो। यो प्रकरणमा पक्राउ पर्ने शेर्पा १४ औं ब्यक्ति हुन् ।

