टोपबहादुर रायमाझी पक्राउ
काठमाडौ,३० बैशाख। नेकपा एमालेका सचीव एवं अर्घाखाँचीका सांसद टोपबहादुर रायमाझी काठमाडौबाट पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रायमाझी आइतबार राति पासीकोट बुढानिलकण्ठबाट पक्राउ परेका हुन् ।
उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । तर,अर्घाखाँचीबाट काठमाडौ आउने भनेका उनी रुपन्देहीबाट बेपत्ता भएका थिए ।

