सांसद अमरेशकुमार सिंहले संसद बैठकमै कपडा फुकालेपछि…

काठमाडाैं, २५ वैशाख । प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न बनेका छन् ।
सोमबारको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गर्दा सभामुखले समय नदिएपछि त्यसको विरोध गर्दै उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन् ।
संसदीय मर्यादाका ख्याल नगरेकाे भन्दै उनलाइ सभामुख देवराज घिमिरेले चेतावनी पनि दिएका थिए । ‘तपाईंलाई म चेतावनी दिन चाहन्छु । तपाईं यो अशिष्ट व्यवहारबाट फर्केर आएर बस्नुस्,’ सभामुख घिमिरेले भने ।
संसदमा अशिष्ट, अश्लिल, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने संसदीय मर्यादा छ ।

