काँग्रेसबाट सुरेन्द्र आचार्य मन्त्री बने, महिन्द्रकाे मन्त्रालय फेरियाे

काठमाडाें, २४ वैशाख । नेपाली काँग्रेसका सुरेन्द्र आचार्य मन्त्री नियुक्त भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा दिएका हुन् । आचार्यकाे शपथग्रहण आज दिउँसो साढे १२ बजे शीतल निवासमा हुने तय भएको छ ।

हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका नेसपाका महिन्द्रराय यादवलाई भने वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइएकाे छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय