एमाले सचीव टोपबहादुर रायमाझी पक्राउ, काठमाडौं ल्याइदै

काठमाडौं, २१ बैशाख । नेकपा एमालेका केन्द्रिय सचिव एवं प्रतिनिधिसभा सांसद टोपबहादुर रायमाझी पक्राउ परेका छन् । अर्घाखाँचीबाट काठमाडौं जान्छु भनेर हिँडेका रायमाझी रुपन्देहीबाट पक्राउ परेको स्रोतको भनाइ छ।
नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएपछि बुधबार उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । बुधबार नै उनका छोरा सन्दीप रायमाझी समेत पक्राउ परिसकेका छन् । यद्यपि रायमाझीले उक्त प्रकरणमा आफू संलग्न नरहेको र कानुनलाई सघाउने भन्दै अर्घाखाँचीमा बोलेका थिए।
रायमाझीलाई भैरहवाबाट केहिबेरमा काठमाडौ ल्याइदै छ। सभामुख देवराज घिमिरे संगै अर्घाखाँचीमा रहेका रायमाझी भैरहवाबाट काठमाडौ आउने तयारीमा भएपनी काठमाडौमा पक्राउ पर्ने डरले अन्तिम समयमा बिमानको टिकट क्यान्सिल गरेर मोबाइल अफ गरि बसेका थिए ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका अठाउन खोज्ने गिरोहको खोजी गर्ने क्रममा रायमाझी सङ्गै उनका छोरा,पुर्व गृहमन्त्री रामबहादुर थापाका छोरा, थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई समेतको संलग्नता हुनसक्ने बुझिएपछी पक्राउ पुर्जी जारी भएको हो ।

