मिटरब्याज समस्या सम्बोधन गर्न अध्यादेश ल्याइँदै

 

काठमाडौं‌, १९ वैशाख । सरकारले मिटरब्याजसँग सम्बन्धित समस्या समाधान गर्नका लागि अध्यादेशमार्फत कानुन बनाउने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्न लागिएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानूनी रूप दिन अध्यादेश राष्ट्रपतिसमक्ष  पठाउने निर्णय भएको बताएकी हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय