दार्चुलामा हिमपहिरो; सातजनाको उद्दार, पाँच अझै बेपत्ता

दार्चुला, १९ वैशाख । दार्चुलाको ब्याँस गाउँपालिकामा हिमपहिरो जाँदा बेपत्ता भएका १२ जना मध्ये ७ जनाको उद्दार गरिएको छ भने ५ जना अझै बेपत्ता छन् ।
मंगलबार दिउँसो करिब ३ बजेको समयमा हिमपहिरो जाँदा यार्सागुम्बा टिप्न गएका सर्वसाधारणहरु बेपत्ता भएका थिए । दिउँसोदेखि बेपत्ता १२ मध्ये ६ जनाको सशस्त्र प्रहरी बलको छाङ्रुस्थित गुल्म नम्बर ५० जनाले उद्दार गरेको हो ।
तर, हिमपात जारी रहेका बेला अध्याँरो समेत भएपछि खोजीमा गएको सशस्त्रको टोली अहिले भने फर्किएको छ । बुधबार बिहानैबाट फेरि खोजी तथा उद्दार कार्य सुरु हुनेछ ।

