पुर्व राजा ज्ञानेन्द्र विरुद्ध प्रचण्ड-ओलीको कटाक्ष

काठमाडौं,१९ बैशाख।

पुर्व राजा ज्ञानेन्द्र शाह र उनका परिवार तथा राजावादीहरुका विरुद्ध बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कटाक्ष गरेका छन् ।

पछिल्लो केही दिनदेखि पुर्व राजा लक्षित टिप्पणी गर्दै आएका एमाले अध्यक्ष ओलीले जनताले पाएको उपलब्धि खोस्न पूर्व राजा ज्ञानेन्द्र शाहले दुलोबाट चियाईरहेको आरोप लगाएका छन्।
उनले जनताको उपलब्धि खोस्न ज्ञानेन्द्रसँगै अनेक खालका शक्तिहरू सल्बलाउन थालेको भन्दै धेरै फुर फुर नगर्न राजावादीलाई चेतावनी दिएका छन।

उनले ज्ञानेन्द्र शाहले मुसाले दुलोभित्रबाट बाहिर बिरोलो छ/छैन भन्दै चियाएको जस्तैगरी ‘दुलो’बाट हेरिरहेको पनि आरोप लगाए ।‘ज्ञानेन्द्रले मुसोले बिरालो छ कि छैन भनेर दुलोबाट हेरे जस्तै अहिले अनुकूल परिस्थिति आयो कि आएन भनेर हेर्न थालेका छन्’- ओलीले भने-‘धेरै बुरुक बुरुक हुन खोजे हिसाबकिताब गरिनेछ ।’

यता प्रधानमन्त्री प्रचण्डले पनि सामन्तका छाउराहरु उफ्रिन थालेको भन्दै ज्ञानेन्द्रको उफ्राइ काम नलाग्ने र सचेत जनताले त्यसको प्रतिवाद गर्ने बताए। उनले राजतन्त्रको भुत ब्युतन नसक्ने भन्दै ज्ञानेन्द्र शाहलाई चुपचाप बस्न चेतावनी दिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय