एसिसी प्रिमियर कपको फाइनलमा नेपाल र युएई भिड्दै

काठमाडौं, १८ वैशाख । काठमाडौंमा जारी एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज सोमबार फाइनल खेल हुँदै छ । विहान ९ बजेदेखि टियु क्रिकेट मैदानमा सुरु हुने खेलमा नेपाल र युएई भिड्दै छन् ।

सेमिफाइनलमा नेपालले कुवेत तथा युएईले ओमानलाई हराउँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेका हुन् । दुवै टोली जीत निकाल्दै यसै वर्ष हुने एसिया कपमा स्थान पक्का गर्न चाहन्छन् ।

यद्यपि फाइनल खेल र रिजर्भ डे को दिन वर्षाको सम्भावना रहेकाले खेल प्रभावित हुन सक्ने सम्भावना छ । वर्षाले आज खेल हुन नसकेमा मङ्गलबार खेलाउने प्रयास हुने छ । मङ्गलबार पनि वर्षाले खेल हुन नसकेमा सुपर ओभर खेलाउने प्रयास हुने छ भने त्यसबाट पनि नतिजा नआएमा नेपाल अगाडि बढ्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय