डाक्टरको घरमा नर्सकाे शंकास्पद मृत्यु, ‘सुसाइड नोट’ समेत फेला

काठमाडौं, १७ वैशाख । वीर अस्पतालमा कार्यरत एक जना नर्स आफ्नै प्रेमी डाक्टरको घरमा मृत भेटिएकी छन् । कान्ती बाल अस्पतालका डाक्टर सुजन ढकालको बोहोराटार स्थित घरमा उनको शव भेटिएको हो । मृतक वीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठ रहेको र घटनास्थलमा ‘सुसाइड नोट’ पनि फेला परेको छ।

काठमाडौं प्रहरी परिसरका अनुसार उनीहरु एकअर्काको प्रेममा थिए। तर, सुजनले विवाह गर्न नमानेपछि अनुमाले आत्माहत्या गरेको प्रारम्भिक अनुसंधानमा खुलेको छ। यता अनुमाले प्रेमी सुजन ढकालकै घरमा गएर आत्महत्या गरेको समयमा प्रेमी ढकाल भने धरान पुगेका थिए।

जानकारी अनुसार लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न अस्वीकार गरेको भन्दै ढकालकै घरमा पुगेर अनुमाले आत्महत्या गरेकी हुन् । केटाको परिवारले विवाह गर्न अस्वीकार गरेको भन्दै श्रेष्ठले शनिवार केटाकै घर पुगेर ‘सुसाइड नोट’ लेखेपछी मृत्यु रोजेको बुझिएको छ।

प्रहरीका अनुसार श्रेष्ठले आत्महत्या गरिसकेको अवस्थामा प्रेमी ढकालको घरमा शव भेटिएको हो । घट्नाको प्रारम्भिक अनुसन्धानले शनिवार अपराह्न ३ः३० देखि ४ बजेको समयमा अनुमाले आत्महत्या गरिसकेको देखिन्छ। अनुमाको घर चितवनको नारायणगढमा रहेको र उनका आफन्त आएपछी घट्नामा आत्महत्या दुरुत्साहनमा जाहेरी दिने तयारी रहेको आफन्तको भनाई छ।

अनुमा सोह्रखुट्टेमा कोठा लिएर बस्ने गरेको र बेलाबेलामा सुजनकै घरमा समेत गएर बस्ने गरेको बुझिएको छ। अनुमाले आत्महत्या गरेकै स्थानबाट एउटा डायरी बरामद भएको छ । बरामद भएको डायरीमा अनुमाले आफ्नो जीवन भोगाई, प्रेमसम्बन्ध, विवाहका लागि भएको प्रयास र केटा पक्षको परिवारले गरेको अस्वीकार लगायतको विषयमा उल्लेख गरेको बुझिएको छ।

अनुमाले यसअघि पनि आत्महत्याको प्रयास गरेको उनका आफन्तले बताएका छन्। यसअघि गत वर्षको वैशाख र गत साउनमा पनि आत्महत्याको प्रयास गरेको तर त्यतिबेला आफन्तले बचाएका थिए।नोटमा अनुमाले ‘मायालाई मजाक बनाइएको’ भन्दै बिदा हुने कुरा उल्लेख गरेकी छिन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय