राष्ट्रपतिको बिदेशमा उपचार अस्वभाविकः राजेन्द्र लिङदेन

काठमाडौं,१५ बैशाख ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार भारतमा गरिएको र उपचार खर्च अस्वभाविक गरिएको भन्दै आपत्ति जनाएका छन् ।अध्यक्ष लिङ्देनले बुढ्यौलीमा लाग्ने सामान्य बिमारलाई लिएर राष्ट्रपतिको अस्वभाविक वैदेशिक उपचार यात्रा भएको भन्दै आपत्ति जनाएका हुन्।

शुक्रवार काठमाडौंमा आयोजित वागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। चिकित्सकले रिफर नगर्दासमेत जहाँज चार्टड गरी विदेश लैजानु अस्वभाविक भएको उनको भनाई थियो।
अर्को प्रशंगमा विकासमा लगानी घटाउन खोजिरहेको सरकारले लडाकुलाई २/२ लाख रुपैयाँ बाँड्ने निर्णय गर्नु पनि गैरजिम्मेवारीपन भएको उनले बताए। सरकार श्रोतमा हात हाल्न पाउने बित्तिकै व्रह्मलुट मच्चाउने षड्यन्त्रमा लागेको उनको आरोप थियो ।
यस्ता नकरात्मकतालाई रोक्न राप्रपा बलियो बन्नुपर्ने भन्दै अध्यक्ष लिङदेनले भने–‘राष्ट्रपतिलाई सामान्य बुढ्यौलीमा डाक्टरहरुले रिफर नगर्दै जहाँज चार्टड गरेर विदेश लानुपर्ने र लडाकुलाई राहत दिनुपर्ने कुरा जनताको हित विपरित हो।’
अध्यक्ष लिङदेनले उपनिर्वाचनलाई राप्रपाले प्राथमिकता नदिएको कारण पनि राम्रो मत आउन नसकेको भन्दै जनता विकल्पको तयारीमा रहेको कुरा बुझेर अघि बढ्ने बताए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय