टियु बिबिए कप क्रिकेटमा पिवाइसीकाे विजयी सुरुवात

काठमाडाैं, १३ वैशाख । काठमाडाैंमा बुधबारदेखि सुरु भएकाे टियु बिबिए कप क्रिकेट प्रतियाेगितामा आयोजक पब्लिक युथ क्याम्पस (पिवाइसी)ले विजयी सुरुवात गरेकाे छ ।

पिवाइसीले चितवनकाे वीरेन्द्र बहुमुखी क्याम्पसलाइ ७२ रनले पराजित गरेकाे हाे । पिवाइसीले दिएकाे १४७ रनकाे लक्ष्य पछ्याएकाे वीरेन्द्र ७४ रनमा सीमित भयाे ।

पिवाइसीकाे जीतमा रबिन साउदले उत्कृष्ट प्रदर्शन गरे । उनले ब्याटिङतर्फ २२ बलमा ४५ रन तथा बलिङतर्फ ११ रन दिएर ४ विकेट लिएका थिए ।

प्रतियाेगितामा देशभरका त्रिवि अन्तर्गतका विभिन्न कलेजहरुकाे बिबिए संकाएका टाेलीहरुकाे सहभागिता रहेकाे छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय