तनहुँमा १४ हजारभन्दा बढी मतान्तर सहित स्वर्णिम वाग्लेको जीत

तनहुँ, १२ वैशाख । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतान्तर सहित विजयी भएका छन् ।
स्वर्णिमले ३४ हजार ९१८ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत ल्याए । उनीहरुबिचको मतान्तर १४ हजार ७९६ छ ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४८८ मत पाउँदै तेस्रो भए ।

