चितवन २ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरु

चितवन, ११ वैशाख । आइतबार सम्पन्न उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ काे मतगणनाका लागि अहिले सर्वदलीय बैठक सुरु भएकाे छ ।
बिहान ८ बजेका लागि बोलाइएको बैठक झन्डै २ घन्टा ढिला गरी सुरु भएको हो।
गएराति विभिन्न स्थानबाट मतपेटिका मतगणनास्थलमा आइसकेपछि सर्वदलीय बैठक बस्ने भनिएको भएपनि विवादका कारण बैठक बस्न सकेन ।
अहिलेकाे बैठकमा हुने सहमति अनुरुप मतगणना सुरु गरिने छ ।

