चितवनकाे नयाँकिरण माविमा मतदान राेकियाे

चितवन, १० वैशाख । चितवनको भरतपुर महानगरपालिका- ११ स्थित नयाँकिरण माविमा मतदान रोकिएको छ । मतदान स्थलमा नाराबाजी भएपछि मतदान रोकिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेका थिए । नाराबाजी गर्दै आएका रास्वपा समर्थकहरुलाई नेकपा एमालेको समर्थकहरुले रोक्दा तनाव उत्पन्न भएको थियो ।

अहिले सर्वदलिय बैठक बसिरहेको र सहमती गर्ने प्रयास गरिरहेको सो केन्द्रका मतदान अधिकृत इन्द्र शर्मा ढुंगानाले जानकारी दिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय