उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तिनै जना उम्मेदवार सहित एमालेका २ र जसपाका १ उम्मेदवार आफुलाइ भोट दिनबाट बन्चित छन् ।
आफ्नो मतदाता नामावली नरहेको क्षेत्रबाट उम्मेदवार रहेका रास्वपाका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ को उम्मेदवार रहेका डा.स्वर्णिम वाग्ले र एमाले उम्मेदवार सर्बेन्द्र खनाल बिहानदेखि मतदान केन्द्रहरूको अनुगमनमा हिँडेका छन् ।
उनिहरुले आफैंले भने मत खसाल्ने छैनन्। उनीहरुको मतदाता नामावली काठमाडौंमा छ। त्यसैगरी रास्वपा सभापति एवं चितवन २ का उम्मेदवार रवि लामिछाने र अर्का उम्मेदवार बारा २ का रमेश खरेल पनि बिहान ७ बजेदेखि मतदान स्थलतीरै घुम्दैछन । उनीहरुको पनि मतदाता नामावली काठमाडौंमा छ। उनिहरु आफैंले आफैंलाई भोट खसाल्ने छैनन्।
उता जसपा अध्यक्ष एवं बारा २ का उम्मेदवार उपेन्द्र यादवको पनि मतदातामा नाम मोरङमा छ। उनि पनि आफुलाई मत दिन नपाउने उम्मेदवार हुन्। उनि निर्वाचन क्षेत्र बदल्दै हिंडेपनि भोटदिने नामावली भने पुरानै जिल्ला मोरङमा छ।
यता चितवन २ का एमाले उम्मेदवार रामप्रसाद न्यौपानेको पनि नामावली चीतवन ३ मा छ। उनि पनि आफैंलाई मत दिनबाट बञ्चित हुनेछन्। उनको स्थायी ठेगाना चितवन ३ माडी हो।