तातोपानी नाका वैशाख १८ गतेदेखि सञ्चालनमा आउने

काठमाडौं, ९ बैशाख । २०७२ वैशाख १२ को भूकम्पपछि चीनले एकतर्फी रूपमा बन्द गरेको सिन्धुपाल्चोकको नेपाल–चीन तातोपानी नाका वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ ।

२०७६ जेठ १५ गते दुई देशका उच्च अधिकारी सम्मिलित कार्यक्रमबीच सामान ढुवानी गर्नमिल्ने गरी नाका खुलाइएको थियो। तर कोभिड सुरु भएसँगै पुनः बन्द भएको नाका एकतर्फी मात्रै खुल्दै आएको थियो ।

बैशाख १८ पछी दुईतर्फी सामान ढुवानी गर्नमिल्ने तथा मानिसहरू समेत आवातजावत गर्नमिल्ने गरी नाका खुलाउने सहमति भएको जनाईएको छ। यो नाका सञ्चालनमा आउने भएपछि नेपाल र चिनियाँ सुरक्षाकर्मीबिच थप छलफल शुरु भएको छ।

दुई देशका सुरक्षाकर्मीले कोभिड संक्रमण सम्बन्धी सावधानी अपनाउने, सुचना सम्प्रेषण गर्ने, अन्तरदेशीय सिमाना सुरक्षा व्यवस्था अझ मजबुद बनाउने, अपराध नियन्त्रण र न्युनिकरणमा संवेदशील रही आवश्यकता अनुसार संयुक्त तालिम, गस्ती गर्ने भएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय