दाईजो नल्याएको निहुँमा हत्या प्रयास; ससुरा र देवरले समाते, श्रीमानले आगो लगाए !

काठमाडौं, ८ वैशाख । दाइजो बापत तीन तोला सुन नल्याएको निहुँमा जनकपुर उपमहानगरपालिका–२० की श्वेता झालाई आफ्नै श्रीमान, देवर र सासु–ससुरा सहित पविारका सदस्यले आगो लगाएर हत्या प्रयास गरेका छन् ।

जनकपुरको देवपुरा रुपैठा निवासी स्वेताको श्रीमान् राजिव झा,ससुरा शिवशंकर झा,सासू र देवरले नयाँ बर्षको दिन बैशाख १ गते आगो लगाएर हत्याको प्रयास गरेका हुन्। पिडितको बयान अनुसार आगो उनकै श्रीमानले नै लगाएका थिए । आगोबाट स्वेताको शरीरको ३५ प्रतिशत भाग आगोले जलेको छ।

हाल उनको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ। उनको छातीको तल्लो भागदेखि तिघ्रासम्म जलेको अवस्थामा माईती पक्षले थाहा पाएर प्रादेशिक अस्पतालमा भर्ना गरेपछि मात्रै घटनाको वास्तविकता सार्बजनिक भएको हो।

वैशाख १ गते स्वेतामाथि आगो लगाईएको भएपनि घटना बाहिरिने डरले उनका श्रीमान्ले घरमै थुनेर राखेको र माईतीपक्षले थाहापाएपछी मात्र्रै उपचार शुरु भएको हो। स्वेताका अनुसार ससुरा र देवरले समातेर लडाएको र श्रमान्ले आगो लगाएका थिए ।

बिहेमा २ लाख भारतिय रुपैंया दाईजो लिएका उनका श्रीमानले विहेपछी तीन तोला सुन मागेकार यातना दिन थालेका हुन्। विहेपछी श्रीमान केही बर्ष विदेश गएको र घरकाले निकालेर ५ बर्ष माइतमै बसेको उनको भनाई छ।

विदेशबाट फर्केपछि दाईजोको कुरामा पुनः श्रीमानले पटक–पटक यातना दिएको उनको आरोप छ। उनका एक छोरी र एक छोरा छन् । छोराछोरीलाई समेत कुटपिट गरेपछि माइत पठाएको स्वेताको भनाई छ। घटनाका विषयमा अहिलेसम्म प्रहरीमा जाहेरी परेको छैन।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय