उपनिर्वाचन: चुनावी प्रचारप्रसारको आज अन्तिम दिन

रातिदेखि मौन अवधि लागु हुँदै

काठमाडौं, ७ वैशाख । यही वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि दलहरुले प्रचारप्रसार गर्ने आज अन्तिम दिन रहेको छ । आज राति १२ बजेदेखि मौन अवधि लागु हुने छ ।

चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट मौन अवधि सुरु हुन्छ अर्थात् यस अवधिमा दल तथा व्यक्तिहरुले चुनावसँग सम्बन्धित कुनै पति गतिविधि तथा प्रचारप्रसार गर्न पाइँदैन ।

वैशाख १० गते आइतबार बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय