आज बिस्केट जात्रा, टोखामा सार्वजनिक बिदा

काठमाडौं, ४ वैशाख । काठमाडौं उपत्यकाको सबैभन्दा पुरानो जात्रा मानिने टोखाको बिस्केट जात्रा आज मनाइँदै छ । यस अवसरमा टोखा नगरपालिकाले आज सार्वजनिक बिदा पनि दिएको छ ।

टोखा नगरपालिकाको दशौं कार्यपालिकाको बैठकले हरेक वर्ष मनाइने टोखाको ऐतिहासिक पर्व बिस्केट जात्राको उपलक्ष्यमा आज सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बिस्केट जात्राको उपलक्ष्यमा टोखा नगरपालिकाभित्रका वडा कार्यालय तथा स्वास्थ्य संस्था, विद्यालयहरू बन्द रहने छन् ।

ऐतिहासिक महत्वसमेत रहेको यस जात्रामा विशेष खटमा सजाइएका गणेश, कुमारी, सपनतीर्थ, मसानकाली र चण्डेश्वरी लगायतका देवीदेवतालाई नारायण पोखरीमा स्नान गराउने चलन रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय