हवल्दारले आफैंमाथि गोली चलाए

सांकेतिक तस्बिर

दाङ, ४ वैशाख । दाङको तुलसीपुर कारागारमा कार्यरत सशस्त्र प्रहरीका एक सहायक हवल्दारले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका-८ टिकरीका ३५ वर्षीय बसन्त केसीले डयुटीमा खटिएको बेला आइतबार राति आफैंलाई गोली प्रहार गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

गोली लागेर उनको घटनास्थलमै ज्यान गएको हो । प्रहरीका अनुसार उनी कारागार सुरक्षा गुल्म तुलसीपुरमा पाँच दिन पहिले मात्रै आएका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय