डिआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौं, ३० चैत । नेपाल प्रहरीका १३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृहमन्त्रालय वढुवा समितिको आज बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको १३ प्रहरी वरिष्ठ उपरीक्षकलाई प्रहरी नायब महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेमा कुबेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्रप्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल रहेका छन् ।

प्रहरीको बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ बमोजिम बढुवाका लागि सिफारिस गरिएको हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तार र पोल पुग्यो, बत्ती बलेन

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै बिजुली पुग्न सकेको...