बल्ल बल्ल बागमतीमा २ मन्त्री थपिए,अझै ५ मन्त्रालय खाली

चैत २६,काठमाडौं । 
नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार छाडेपछि रिक्त ७ मन्त्रालय मध्य २ मन्त्रालयले आइतबार मन्त्री पाएको छ।
नेपाली कांग्रेसका तर्फबाट वाग्मती प्रदेश सरकारमा २ मन्त्री सहभागी भएपछि अझै ५ मन्त्रालय खाली छ।नवनियुक्त दुई मन्त्रीले आइतबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
काङ्ग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा र तिर्थ लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
कांग्रेस संसदीय दलका नेता लामा नुवाकोटका हुन भने सांसद तीर्थ लामा काभ्रेका नेता हुन् । काङ्ग्रेसको प्रस्ताव अनुसार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा उनीहरु मन्त्री भएका हुन् ।

बहादुरसिंह लामाले आर्थिक मामिला तथा योजना मन्त्रालय र  तीर्थ लामाले  खानेपानी, ऊर्जा तथा सिञ्चाईं मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय