दुर्गा प्रसाईंसँग २ करोड मागेको आरोपमा रास्वपा सांसद निलम्बन  

चैत २६,काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको आरोप लागेका सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गर्दै २४ घण्टे स्पष्टिकरण सोधेको छ।
पार्टी  सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गर्न निर्देशन दिएका थिए। सोही अनुसार उनलाई पार्टी सदस्य र सांसदको रुपमा कुनै पनि कार्य गर्न नपाउने गरी पत्र दिईएको बुझिएको छ। साथै २४ घण्टे स्पष्टिकरण समेत सोधेको छ।

सांसद श्रेष्ठ र प्रसाईंबिचको अडिओ बाहिरिएपछि रास्वपाले सांसद श्रेष्ठलाई निलम्बन गर्ने प्रकृया शुरु गरेको हो। यद्यपि श्रेष्ठले उक्त कुरालाई अस्विकार गरेका छन्। उनले आफुले दुर्गा प्रसाईं भन्ने ब्यक्ति नै नचिन्ने र अडिओमा सुनिएको आवाज समेत आफ्नो नभएको जिकीर गरेका छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय