पाटन संयुक्त क्याम्पसमा वागी उम्मेदवार सभापतिमा बिजयी

आधिकारिक उम्मेदवार चौथो

२६ चैत,काठमाडौं। नेपाली काङ्ग्रेसमा जस्तै सो पार्टीको भ्रातृसंगठन नेपाल विद्यार्थी संघमा पनि बिद्रोह देखिएको छ।

बिद्रोहकै कारण ललितपुरको पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार सुशील विष्ट विजयी भएका छन् । यहाँ आधिकारिक उम्मेदवार चौथो भए।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले युवराज लामा (थिङ)लाई स्ववियु सभापतिको टिकट दिएपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए । निर्वाचनमा बागी उम्मेदवार बिष्टले जित्दा आधिकारिक उम्मेदवार बिष्ट  अनेरास्ववियु र अखिल क्रान्तिकारी भन्दा पनि पछि परे।

भोटिङ मेसिन प्रयोग गरिएको चुनावमा जम्मा २ हजार ६७९ मत खसेकोमा सभापतिमा विजयी विष्टले ८४१ मत पाएका छन् । विष्टका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सुरेश जीसीले ६७२ मत पाए ।

अखिल क्रान्तिकारीका वीरेन्द्र मगर (मदन) ६३७ मत सहित तेस्रो हुँदा  नेविसंघका आधिकारिक उम्मेदवार युवराज लामा (थिङ) ३४६ मतसहित चौथो स्थानमा रहे ।
पाटन क्याम्पसमा चैत ५ गते हुन नसकेको स्ववियु निर्वाचन चैत २५ गते भएको थियो । चैत ५ गतेको चुनावको लागि नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले सुशील विष्टलाई सभापतिको उम्मेदवारको टिकट दिएका थिए । तर उक्त दिनको चुनाव स्थगित भएर २५ गते सरेपछि अध्यक्ष शेर्पाले फेरि युवराज लामालाई टिकट दिएपछि असन्तुष्ट विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय