मैले समाजवादी छाडे अब झलनाथले पनि छाड्छन्-न्यौपाने

चैत २५,काठमाडौं।

नेकपा (एकीकृत समाजवादी)का नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन् ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टी परित्याग गरेको औपचारिक घोषणा गरेका हुन् ।उनले आफु मात्र नभै सम्मानित पद पाएमा धेरै साथीहरु पूर्व पार्टी नेकपा एमाले फर्कन तयार रहेको खुलासा समेत गरे।

पत्रकार सम्मेलनमा उनले एकीकृत समाजवादीले परिचय दिए पनि पहिचान दिन नसकेको आरोप लगाउँदै पार्टी नेता झलनाथ खनाल सहित धेरै साथीहरु पार्टी अध्यक्ष माधवकुमार नेपालसँग असन्तुष्ट रहेको दाबी गरे।

उनले एकीकृत समाजवादी पार्टी अवसरवादमा लिप्त भएको र कोठभित्रको मात्रै राजनीतिमा हराएको समेत बताए ।´सांसदका लागि झगडा गर्ने, मन्त्री पाउन लफडा गर्ने, जति खाए पनि नअघाउने, जति भरे पनि नभरिने मानिस मात्र माधवकुमार नेपाल नेतृत्वको पार्टीमा बाँकी रहेका छन्´ उनले भने।

राजनीतिक भविष्य नभएको पार्टीको सदस्य हुनुभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनका लागि महत्त्वपूर्ण कुरा भएको भन्दै उनले आफू पूर्वपार्टी नेकपा (एमाले)मै फर्कने पनि बताए ।देशभरका नेता–कार्यकर्ता समेटेर एमालेमा समाहित हुने तयारी रहेको समेत खुलाए।

 

नेता न्यौपानेले सांसद भएकाहरूलाई नौ/नौ महिनामा मन्त्री दिने भनेर आश्वासन दिइएको आरोप समेत लगाए । वर्तमान सत्ता गठबन्धन पाँच वर्ष नटिक्ने पनि उनको दाबी थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय