काङ्ग्रेस नेता पोखरेललाई मातृशोक

चैत २५,काठमाडौ । नेपाली काङ्ग्रेसका नेता एवं नेपाल ट्रेड युनियन काङ्ग्रेस केन्द्रिय संगठन बिभाग उपप्रमुख राजनकुमार पोखरेललाई मातृशोक परेको छ।

उनकी आमा राधादेवी पोखरेलको शनिबार बिहान काठमाडौ-६ बौद्ध अरुणिमा समावेशी टोलमा ९२ बर्षको उमेरमा निधन भएको हो। उनको केही दिनदेखि घरमै अस्पताल सरहको उपचार भैरहेको थियो।

नेपाली काङ्ग्रेसको क्रीयाशिल सदस्य समेत रहेकी स्व.पोखरेलको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको काङ्ग्रेसले जनाएको छ।

उनको पार्थिव शरीरमा नेपाली काङ्ग्रेस क्षेत्रीय सचीव एवं कामनपा ६ का वडा अध्यक्ष भुवन लामा,इकाइ सभापति विवेक लामा लगाएतले काङ्ग्रेसको झन्डा ओढाएर श्रद्धाञ्जली दिएका थिए।

स्वर्गीय पोखरेलको निधनमा नेपाली काङ्ग्रेस ६ नम्बर वडा इकाइले दु:ख व्यक्त गरेको छ। इकाइ सभापति विवेक लामाले स्व.पोखरेलको निधनले नेपाली काङ्ग्रेसले एक अविभावक गुमाउनुपरेको भन्दै शोक व्यक्त गरेका छन् ।

यसैगरी बागमती प्रदेश समिति सदस्य नानु दाहाल,क्षेत्रीय उपसभापति श्रीराम चालिसे,पवीन भट्ट,सोनम लामा,वडा नम्बर ६ का जनप्रतिनिधि वडा सदस्य भगवान थापा लगाएत पार्टीका विभिन्न तहमा रहेका नेताकार्यकर्ता सहित जनप्रतिनिधि र शुभेच्छुकहरुले स्व.पोखरेल प्रति आर्यघाट पुगेर श्रद्धाञ्जली दिएका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय