पूर्वराजा शाहलाई आज अभिनन्दन गरिँदै

काठमाडौं, २० चैत । पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज पूर्वाञ्चलमा नागरिक अभिनन्दन गरिँदै छ । राजसंस्थाको पक्षमा माहोल बनाउनका लागि भव्य तयारीका साथ यो नागरिक अभिनन्दन गर्न लागिएको हो ।
यस कार्यक्रमको अगुवाइ राजावादी नेताहरु केशरबहादुर विष्ट र सिनेट श्रेष्ठले गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका स्थानीय नेताहरु पनि यस कार्यक्रममा सहभागी हुने बताइएको छ ।
कार्यक्रम भव्य र सभ्य हुने बताउँदै आयोजक विष्टले भने, ‘महाराजधिराज सरकारले देशका लागि दिनुभएको योगदानका लागि धन्यवाद दिनलाई यस कार्यक्रमको आयोजना गरिएको हो’ ।
अभिनन्दन कार्यक्रममा लाखौंको जनसहभागिता रहने पनि उनको दाबी थियो ।

