रौतहटमा मेयरले आफ्नो एसईई परिक्षा ज्वाईंलाई दिन लगाए

रौतहट, १९ चैत । राैतहटस्थित एक नगरपालिकाका मेयरको नामबाट एसईई परिक्षा दिईरहेका नक्कली परिक्षार्थी पक्राउ परेका छन् । जिल्लाको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा विद्यालय शिक्षा परीक्षा (एसईई) दिंदै गरेका नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई दिंदै गरेका गरुडा–६ पोठियाहीका कमल साह पक्राउ परेका हुन । पक्राउ परेका साह मेयरका ज्वाइ हुन्। मेयर रहेका ससुराका सट्टामा परीक्षा दिइरहेका ज्वाई भने पेशाले इन्जिनियर हुन् ।

मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा संचालन भइरहेको एसईईमा नियमिततर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमल साहलाई परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको स्रोतले जनाएको छ।

परीक्षा सञ्चालन भइरहेको बेला अनुगमन टोलीलाई विद्यार्थीप्रति शंका लागेर चेकजाँच गर्दा साह पक्राउ परेका हुन् । पक्राउ परेको विषयमा अनुसन्धान जारी रहेको छ ।

यसबारे प्रहरीले समेत केहि बताउन चाहेको छैन।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय