ट्रकले कारलाई ठक्कर दिँदा पाँचजना घाइते

चितवन, १२ चैत । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत १४ किलोमा गएराति ट्रकले कारलाई ठक्कर दिंँदा कारमा सवार पांँचजना घाईते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर छ ।

शनिबार राति करिब ८ बजेको समयमा नारायणगढबाट मुग्लिनतर्फ गइरहेको लु १ ख ८२६६ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको बा २१ च ३७१५ नम्बरको कारलाई ठक्कर दिएको थियो ।

घाइते हुनेमा कार चालक सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका–४ का राज भुजेल, नवलपरासी देवचुली नगरपालिका–१४ का टेकप्रसाद न्यौपाने, सोही ठाउंँका कमल न्यौपाने, गोरखा फुजेल गाउंँपालिका–३ का राज कुमार सापकोटा र काठमाडौं–१६ का रामहरि मिश्र रहेका छन् ।

घाइतेमध्ये न्यौपानेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय